आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलो फिल्मबाटै चर्चित हेमा : यस्तो छ ‘ड्रीम गर्ल’ को अभिनयदेखि राजनीतिकसम्म सफर

सोमबार, २९ असोज २०८०, १३ : ४४
सोमबार, २९ असोज २०८०

मुम्बई । बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनीले थुप्रै हिट फिल्म दिएकी छन् । अभिनयको माध्यमबाट उनले करोडौँ दर्शकको मनमा स्थान बनाएकी छन् । उनलाई आज पनि मानिसहरु उतिकै रुचाउँछन् ।

साउथ फिल्मबाट बलिउड डेब्यु गरेकी मालिनीको अभिनेत्रीदेखि नेतासम्मको सफर सफल मानिन्छ । अहिले भाजपा सांसद समेत रहेकी उनी आज ७५ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसर पारेर यहाँ उनको जीवनका केही बिषय यहाँ राख्न खोजेका छौँ ।

तमिलनाडुमा जन्म
हेमा मालिनीको जन्म १६ अक्टोबर १९४८ मा तमिलनाडुको अम्मन्कुदीमा भएको थियो । हेमा मालिनी दक्षिण भारतबाट ताल्लुक राख्छिन् । तर पनि उनले बलिउडमा राम्रो पहिचन बनाएकी छन् । उनको पुरा नाम  हेमा मालिनी चक्रवर्ती हो । उनले सुरुवाती पढाइ चेन्नई के आन्ध्र महिला सभामा भएको थियो । त्यसपछि दिल्लीबाट अध्यायन गरिन् । अध्यायनको समयमै उनको अभिनयमा सौख भएको कारण १२ कक्षा भन्दा पढ्न सकिनन् ।

बुबा थिए निर्माता
हेमा मालिनीका पिता वीएस चक्रवर्ती तमिल फिल्महरूका निर्माता थिए । त्यही कारण उनको अभिनयमा रुचि पलाएको हो । १९६१ मा सानै उमेरमा उनले एक फिल्ममा डान्सरको भूमिका निर्वाह गरेकी थिइन् । यो भूमिकापछि उनले फिल्ममा करियर बनाउने सपना देखिन् । १९६८ मा चर्चित अभिनेता राज कपुरको साथ ‘सपनोका सौदागर’ फिल्मबाट अभिनयमा डेब्यु गरिन् । पहिलो फिल्मबाटै हेमा बलिउडमा छाउन सफल रहिन् । त्यसपछि उनले कहिलै पछि फर्किएर हेर्नुपरेन ।

hema11

बन्यो ड्रीम गर्ल नाम
‘सपनोका सौदागर’ पछि हेमाले बलिउडमा ‘नेशोले’, ‘सीता गीता’, ‘नसीब’, ‘जोनी मेरा नाम’, ‘सत्ते पे सत्ता’, ‘त्रिशूल’, ‘क्रांति’, ‘प्रेम नगर’ जस्ता धेरै हिट फिल्ममा काम गरिन् । उनको अभिनय बलिउडका ठुलाठुला स्टारसँग रह्यो । तीमध्ये एक सुपरस्टार राजे खन्ना पनि थिए । खन्नाका साथ उनले १० हिट फिल्म दिएकी छन् । धर्मेन्द्र के साथ उनले ३५ फिल्ममा काम गरेकी छिन् । उत्कृष्ट फिल्म र अभिनयको बलमा उनको बलिउडमा ‘ड्रीम गर्ल’ नाम रह्यो ।

राजनीतिमा पनि 
बलिउडको सफलतापछि उनले राजनीतिमा पनि कदम राखिन् । राजनीतिमा उनी २००४ मा भित्रिएकी थिइन् । भारतीय जनता पार्टी मार्फत उनी राज्यसभासम्म पुगिन् । यसको अलवा उनी दुईपटक सांसद समेत भएकी छन् । अहिले पनि उनी सांसद छिन् । उनी पछिल्लो समय पति तथा अभिनेता धर्मेन्द्रसँग धेरे समय बिताउदै आएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप