सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन

सोमबार, २९ असोज २०८०, २० : ४५
सोमबार, २९ असोज २०८०

कम्बोडिया । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।  

बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले  न्यानो स्वागत गरे  । 

कार्यक्रममा उनले तीन हजार छ सय मिटरको धावनमार्ग भएको एसएआई ४–ई स्थरको अन्तर्राष्ट्रिय विमानस्थल हो भन्दै यसले लामो दूरीका उडानलाई समायोजन गर्न सक्ने बताए । उनले नयाँ विमानस्थलको सञ्चालनले कोभिडले पछाडि परेको पर्यटन क्षेत्रको विकास हुने तथा कम्बोडिया र चीनबीच सद्भाव वृद्धि हुने विश्वास व्यक्त गरे ।

विमानस्थलको निर्माण र सञ्चालनसँगै चीन र कम्बोडियाको पर्यटन व्यापार र अर्थतन्त्र विकासमा योगदान पुर्याउने उनको भनाइ थियो । 

एसएआईमा चीनको युनान इन्भेष्टमेन्ट होल्डिङ लिमिटेड सम्बद्ध एङ्कोर इन्टरनेसन एयरपोर्ट इन्भेस्टमेन्ट कम्पनीले लगानी गरेको हो ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप