आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कटहरियामा अन्तर जिल्ला क्रिकेट  प्रतियोगिता सुरु, आज वीरगन्ज र हेटौँडाबिच प्रतिस्पर्धा

मङ्गलबार, ३० असोज २०८०, ०८ : ४४
मङ्गलबार, ३० असोज २०८०

रौतहट । रौतहटको कटहरियामा पहिलोपटक अन्तर जिल्ला स्तरीय टी २० नक आउट क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। आज पहिलो दिन वीरगन्ज क्रिकेट टिम र हेटौँडा टिमबिच प्रतिस्पर्धा हुने तयारी भइरहेको आयोजक कटहरिया नगरपालिकाले जनाएको छ। 

कटहरियाका नगर प्रमुख अजयप्रकाश जैसवालले सोमबार एक समारोहबिच ब्याटिङ र उपमेयर रिता देवी यादवले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए।  पहिलो दिन अनौपारिकरुपमा कटहरिया नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच भएको खेलमा कर्मचारी टिम ४८ रनको अन्तरले विजयी भएको थियो। निर्धारित १६ ओभरको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कर्मचारी टिमले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा कुल १११ रनको योगफल तयार पारेको  थियो। 

११२ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रेका जनप्रतिनिधि टिमले ८ विकेटको क्षतिमा पुरै ओभर खेल्दै मात्र ६३ रन बनाएको थियो। मेयर अजय प्रकाश जैसवाल, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर सिंह सम्मिलित खेलमा कर्मचारी टिमबाट मनोज कुमार साह र जनप्रतिनिधि टिम बाट वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले उत्कृष्ट प्रदर्शन गरेका थिए।

 टुर्नामेन्ट प्रतियोगितामा कुल ८ वटा टिमबिच प्रतिस्पर्धा  हुनेछ। आयोजक समितिका राजेश साहका अनुसार टी २० प्रतियोगितामा सहभागिताको लागि रौतहटको कटहरिया, गरुडा, गौर, चन्द्रनिगाहपुर, बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज र हेटौँडाको गरी ८ वटा क्रीकेट टिमले विधिवत रुपमा नाम दर्ता गराएको छ। प्रतियोगितामा आईसिसीको डीआराएस बाहेक सबै नियम लागु हुने छ।

प्रतियगिताको फाईनल खेलमा प्रथम हुने टिमलाई ७५ हजार नगद सहितको पुरस्कार , दोस्रो हुनेलाई ३५ हजार नगद सहितको पुरस्कार र मैन अफ द म्याच , मैन अफ द सिरिज लगायतका खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक कटहरिया नगरपालिकाले जनाएको छ। 

प्रतियोगिता कटहरिया ४ स्थित क्रिकेट मैदानमा आयोजन भइरहेको आयोजकले जनाएको छ। स्थानीय खेलाडीहरू लाई क्रिकेट प्रति आकर्षण जगाउने उद्देश्यले मेयर अजय प्रकाश जैसवाल को पहलमा कटहरिया नगरपालिका द्वारा अन्तर जिल्ला स्तरीय नक आउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आयोजना गरिएको  छ।

PXL_20231016_065511286

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप