आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरो कप छनोट : प्रशिक्षकले रातो कार्ड पाएको खेलमा नेदरल्यान्ड्सले ग्रिसलाई हरायो

मङ्गलबार, ३० असोज २०८०, १० : १५
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । युरो कप छनोट फुटबल प्रतियोगिताको सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि १—० गोलको रोमाञ्चक जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले निर्णयक गोल गरेको थियो । 

खेलको प्रारम्भदेखि नै ग्रिसले नेदरल्यान्ड्सलाई कडा चुनौती दिएको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा नेदरल्यान्ड्सका लागि भिर्गिल भान जिकले निर्णयक गोल गरेका थिए । 

लिभरपुलका डिफेन्डरले दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गरेका थिए । खेलका क्रममा ग्रिसका प्रशिक्षक गस पोयटले रोतो कार्ड पाएका थिए । 

नेदरल्यान्ड्सलाई पेनाल्टी प्रहारको अवसर दिइएपछि प्रशिक्षक पोयटले त्यसको चर्को विरोध गरेका थिए । त्यसपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए । 

समूह ‘बी’ मा ६ खेल खेलेको फ्रान्स १८ अङ्कसहित पहिलो स्थानमा छ । समान खेल खेलेको नेदरल्यान्ड्स १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । 

सात खेलबाट १२ अङ्क जोडेको ग्रिस तेस्रो स्थानमा छ । आयरल्यान्ड भने सात खेलबाट ६ अङ्क जोड्दै चौथो स्थानमा आसीन छ । ६ खेल खेले पनि अङ्क बटुल्न नसकेको जिब्राल्टर तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप