आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति झन्डै १६ खर्ब हाराहारी, १०.३ महिनाको आयात धान्न पुग्ने

मङ्गलबार, ३० असोज २०८०, १४ : ०२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । पछिल्लो समय मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झन्डै बजेटको हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा यस्तो सञ्चिति बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । 

२०८० असार मसान्तसम्ममा कूल १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको सञ्चिति समीक्षा अवधिमा ३.९ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । 

यस्तो सञ्चिति अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को दुई महिनाको आयातलाई आधार मान्दा सो सञ्चितिले १२.३ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप