आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट फुटबल : लाओसलाई उसैको घरेलु मैदानमा हराउनु पर्ने दबाबमा नेपाल

मङ्गलबार, ३० असोज २०८०, १५ : ३९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । विश्वकप छनोट फुटबलको प्रारम्भिक चरणको दोस्रो लेग खेलमा नेपालले मंगलबार लाओसको सामना गर्दैछ । दोस्रो लेग खेल लाओसको घरेलु मैदानमा खेलिने छ । खेल नेपाली समय अनुसार, साँझ ५ः४५ बेज सुरु हुनेछ ।

पहिलो लेग खेल नेपालको घरेलु रंगशालामा खेलिएको थियो । असोज २५ गते दशरथ रंगशालामा खेलिएको उक्त खेल १—१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले मंगलबार खेलिने दोस्रो लेग खेलमा दुबै टोली जित्नै पर्ने दबाबमा हुनेछन् । 

दोस्रो लेगमा विजयी हुने टोलीले दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाउने छ । निर्धारित समयमा हार—जितको टुंगो लाग्न नसके खेल अतिरिक्त समयमा जानेछ । त्यसपछि पनि विजेता टोलीको टुंगा नलागे पेनाल्टी सुटआउटबाट हार—जितको निर्णय निकालिने छ ।

नेपाली टोलीका अनुभवी खेलाडी अञ्जन बिष्टका लागि पनि मंगलबारको खेल निकै महत्वपूणर् छ । उक्त खेलमा गोल गर्न सफल भएमा उनी नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी बन्नेछन् ।

दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेलमा पनि अञ्जनकै जवाफी गोलका कारण नेपाली टोली सम्भावित पराजयबाट जोगिएको थियो । त्यो गोलसँगै उनले देशका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका थिए ।

हाल नेपालका लागि अञ्जन बिष्ट, हरि खड्का र निराजन राजमाझीले १३—१३ गोल गरेका छन् । लाओसविरुद्ध मंगलबार हुने खेलमा गोल गर्न सफल भए भने अञ्जन देशका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप