बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

३० दिनमा सकियो ‘चित्रा’

मङ्गलबार, ३० असोज २०८०, १६ : १०
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहेको फिल्म ‘चित्रा’को छायांकन सकिएको छ । फिल्मका निर्देशक घनश्याम लामिछानेले गरेका हुन् । फिल्मको छायांकन ३० दिनमा सकिएको निर्देशक लामिछानेले बताए ।

सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहेको फिल्मको आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता हो ।

अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा रहेको प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ ।
फिल्मलाई माघे संक्रान्तीको छेको पारेर पुस २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने निर्माता तथा कलाकार सन्तोष अधिकारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप