आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब अमिताभ बच्चनसँग एक दृश्य दिएपछि रातभर रोइन् स्मिता पाटिल....

मङ्गलबार, ३० असोज २०८०, १८ : २७
मङ्गलबार, ३० असोज २०८०

मुम्बई । एक समयकी चर्चित अभिनेत्री स्मिता पाटिलको निधन भएको ३७ वर्ष भयो । अहिले पनि उनको सम्झना बलिवडमा  गर्ने गरिएको छ । उनी अहिले हुन्थिन् भने आज (मंगलबार) उनी ६८औँ जन्मदिन मनाउँथिन् ।

उनको निधन १९८६ मा भएको हो । छोरा प्रतिक बब्बरलाई जन्मदिएपछि उनको निधन भएको थियो । प्रसूति समस्याको कारण प्रतीकको जन्मको १५ दिनपछि उनको निधन भएको थियो । उनी आफ्नो हातको रेखा हेरेर आयु छोटो भएको समेत आफै बताउँथिन् ।

उनले आफ्नो अन्तिम इच्छाको रुपमा मृत्युपछि नयाँ दुलही झैँ सिँगारेर अन्तिम संस्कार गर्न समेत भनेकी थिइन् ।

स्वतन्त्रता सेनानीकी छोरी

१७ अक्टोबर १९५५ मा स्मिता पाटिलको जन्म पुणे, महाराष्ट्रमा भएको थियो । उनका पिता शिवाजीराव गिरधर पाटिल एक सोशल वर्कर थिए, जो स्वतन्त्रता संग्रामका सेनानी पनि थिए । उनको सानैदेखि अभिनयमा रुचि थियो, जसका लागि उनी थिएटरका धेरै प्लेमा भाग लिएकी थिइन् । उनले आफ्नो धेरै समय फिल्म एन्ड फिल्म इन्स्टिट्यूट अफ इन्डियामा बिताएकी थिइन् । उनका पिता क्याबिनेट मिस्टरका लागि चुनावमा उत्रिएको समय उनी  पुणेबाट मुम्बई सिफ्ट भएकी थिइन् ।

दूरदर्शनकी न्यूजरीडर

युनिभर्सिटी अफ मुम्बईबाट लिटरेचरको अध्ययन गरेकी स्मिता पाटिल दूरदर्शनमा न्यूजरीडरको समेत काम गर्थिन् । निकै सुन्दर अनुहार, आकर्षक आँखाकी उनले एफटिआईआइकी एक फिल्म ‘तीव्र मध्यम’मा एक छोटो भूमिका निर्वाह गरेकी थिइन् । त्यस फिल्मका कारण उनलाई चर्चित फिल्म मेकर श्याम बेनेगलले बच्चाहरूको फिल्म ‘चन्द्रदास चोर’मा काम गर्ने मौका दिए । यो फिल्मको दमदार अभिनयको कारण उनलाई फेरि ‘मन्थन’मा काम मिल्यो ।

१९७७ मा उनलाई नेशनल फिल्म अवार्ड र फिल्म फेयरमा सर्वश्रेष्ठ अभिनेत्रीको नोमिनेशन प्राप्त भएको थियो । त्यसपछि ‘आगे वो बजार’, ‘आजकी आवाज’, ‘मन्डी’ जस्ता उत्कृष्ट फिल्मले उनलाई सबैभन्दा हिट अभिनेत्रीको सूचीमा उभ्यायो । हिट हिरोइनको समय उनले कयौँ कर्मसियल फिल्म छोडेकी थिइन् ।

गीतको सुटिङमा रातभर रोइन्

१९८२ मा स्मिता पाटिल अमिताभ बच्चनको साथमा ‘नमक हलाल’ फिल्ममा देखिएकी थिइन् । यो फिल्मको गीत ‘आज रपट जाँए चार्टबस्टर रहा’मा रहेको उनको र अमिताभको केमिस्ट्रीले राम्रो चर्चा पाएको थियो । तर यो गीतको सुटिङपछि उनी रातभर रोएकी थिइन् । गीतमा उनले सेतो सारीमा पानीमा भिजेको सिन दिएकी थिइन् । निर्देशक अनुरोधमा सुटिङमा जिनतिन सिन दिइन् । तर घरपुगेपछि रातभर रोएकी थिइन् । उक्त सिनको उनले धेरै पछुतो गरेकी थिइन् ।

भोलिपल्ट सुटिङमा उनीचुपचाप बसेकी थिइन् । त्यो समय अमिताभले अघिल्लो दिनको सुटिङ कथाको माग भनेर सम्झाएपछि उनले दोस्रो दिनको सुटिङ सुरु गरेकी थिइन् ।

ज्योतिष विद्यामा ज्ञान

अभिनेत्री स्मिता पाटिलको ज्योतिष विद्यामा पनि ज्ञान थियो । एकदिन फिल्म ‘शक्ति की शाम’को सुटिङ दौरानमा अमिताभ बच्चनलाई उनले हात हेर्दै पाईंको साथमा एउटा गम्भीर दुर्घटना हुनसक्छ भनेकी थिइन् । उस समय अमिताभले कुरामा ध्यान दिएनन् । ठिक २ दिनपछि अमिताभ बच्चनले फिल्म ‘कुली’ सुरु गरेका थिए । त्यो फिल्मको सुटिङमा उनलाई चोट लाग्यो ।

राज बब्बरसँग विवाह 

स्मिता पाटिल र राज बब्बरको भेट १९८२ की फिल्म ‘भीगी पलकें’को सेटमा भएको थियो । छोटो भेटघामा दुबै नजिकिएका थिए । दुवैका सम्बन्धका खबर बाहिर आएपछि राजबब्बरले पहिलो पत्नी नादिरालाई छोडे । त्यसपछि दुवैले विवाह गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप