आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट फुटबल : मनिषको गोलमा लाओसको मैदानमा नेपाललाई अग्रता

मङ्गलबार, ३० असोज २०८०, १९ : २४
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको प्रारम्भिक चरणको दोस्रो लेग खेलमा नेपालले लाओससँग उसैको घरेलु मैदानमा अग्रता लिएको छ । नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको हो ।

यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएकाले नेपाल दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा छ । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डांगीले गोल गरेका हुन् । दोस्रो लेग खेलमा विजयी हुने टोली विश्वकप छनोट फुटबलको दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो लेग खेलको ७० मिनेट समय सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप