आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकप छनोट फुटबल : लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल दोस्रो चरणमा

मङ्गलबार, ३० असोज २०८०, १९ : ५१
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । नेपाली टोली मंगलबार खेलिएको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । 

नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निणर्ायक गोल गरेका हुन् ।

यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै आफ्नो उत्कृष्टता सिद्ध गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप