काेशी प्रदेश
जसपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
बुधबार, ०१ कात्तिक २०८०, १३ : ५४
मोरङ । जनता समाजवादी पार्टी (जसपा) ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।
त्यसक्रममा उनले तत्कालीन एमाले नेतृत्वको सरकारले आफु र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको आरोप लगाइन् ।