कोशीमा राप्रपा प्रतिपक्षी भूमिकामा रहन्छ : सिटौला
बुधबार, ०१ कात्तिक २०८०, १४ : २५
विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी प्रतिपक्षीमा रहने बताएका छन् ।
उनले प्रतिपक्षी भूमिका रिक्त हुने अवस्था आएपछि आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।