आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित काठमाडौँबाट दुई जना पक्राउ

बुधबार, ०१ कात्तिक २०८०, १४ : २९
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । नेपाल प्रहरीले लागूऔषधसहित काठमाडौँबाट दुई जना युवकलाई पक्राउ गरेको छ । 

काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ किलोसहित मकवानपुर थाहा नगरपालिका-९ घर भएका २२ वर्षीय श्रीकृष्ण बललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी माथातीर्थबाट खटिएको प्रहरीले बा.प्र०२-०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौँकै तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भएका २६ वर्षीय देवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप