सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरु

बुधबार, ०१ कात्तिक २०८०, १५ : ४९
बुधबार, ०१ कात्तिक २०८०

विराटनगर । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।  मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने विश्वासको मत नदिने जनाएको छ । 

कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् । उनी गत शनिबार नियुक्त भएका हुन् ।

एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिने भएको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप