आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालपे क्यूअरमार्फत मासिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

बुधबार, ०१ कात्तिक २०८०, २० : ३२
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । नेपालपे क्यूअर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपालपे क्यूअर को प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । 

यसै गरी विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरू मार्फत नेपालपे क्यूअर मा ४ लाख २५ हजार भन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेका छन् । कारोबार रकम तथा मर्चेन्टको सङ्ख्या अनुसार यस उपलब्धिलाई एक महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ र यसबाट क्यूअर भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ ।

नेपालपे क्यूअर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो । क्यूअर स्कीमको रूपमा समेत उपलब्ध रहेको उक्त नेपालपे क्यूअर मा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप