आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केयरसिंहको ठक्करहरूको यात्राशास्‍त्र विमोचन

बुधबार, ०१ कात्तिक २०८०, २३ : ०६
बुधबार, ०१ कात्तिक २०८०

पोखरा । कवि केयरसिंह गुरुङको कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले सो  कृति विमोचन गरेका हुन् । 

उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महत्त्व राख्ने उनको भनाइ थियो ।

कृतिको समीक्षा गर्दै गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले कृतिमा कहिले हँसाउने, कहिले रुवाउने खालका ८१ कविता समेटिएको बताए । बिम्ब र प्रतीकको सुन्दर संयोजन गरिएको कृतिमा नेपाली माटो र संस्कृतिको पहिचान झल्काउने कविताहरू समेटिएको उनले बताए ।

कवि केयरसिंह गुरुङले जीवन यात्राका क्रममा लागेका ठक्करहरूलाई लिपिबद्ध गरेर कविता लेखेको बताए । उनले कृतिमा आफ्नो व्यक्तिगत ठक्करहरू मात्र नभई समाज र देशका ठक्करहरूलाई समेत समेट्ने प्रयास गरेको भनाइ राखे । लमजुङको क्व्होलासोथार गाउँपालिका(८, घाम्राङका स्थायी बासिन्दा गुरुङ सोही ठाउँमा सूर्योदय माविमा अध्यापनरत छन् ।

यसअघि नेपाली लोकथा सङ्ग्रह (२०५३), हाम्रा नेपाली लोककथा सङ्ग्रह (२०५६), तमु कविता सङ्ग्रह (२०६२) तमु व्याकरण र अभिव्यक्ति (२०६९), तमु(नेपाली(अङ्ग्रेजी शब्दकोश (२०७४) लगायतका कृति प्रकाशित गरेका उनको यो आठौँ कृति हो । उनले ३ ओटा गुरुङ चलचित्रमा कथा र गीत लेखेका छन् । उनी गण्डकी प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप