आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विजयको ‘लियो’को दमदार ओपनिङ, खुसीले हलमै नाचे दर्शक

बिहीबार, ०२ कात्तिक २०८०, ११ : ३८
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । लोकेश कनगराज निर्देशित फिल्म ‘लियो’ लामो समयदेखि चर्चामा छ । दर्शकको प्रतीक्षामा रहेको फिल्म रिलिज बिहीबार रिलिज भएको छ । फिल्मको लागि दर्शकमा एकदमै राम्रो क्रेज देखिएको छ । सामाजिक सञ्जालमा थुप्रै यस्ता भिडियो सार्वजनिक भएका छन् । जसमा फिल्म रिलिजपछि हलभित्र दर्शक नाचेर र चिच्याएको देख्न सकिन्छ ।

ओपनिङ दिन आजै फिल्मले कयौँ रेकर्ड तोड्ने अनुमान गरिएको छ । फिल्मको पहिलो सो बिहान ५ बजे समेत राखिएको थियो । दर्शकलाई अभिनेता थलपति विजय र उनको अभिनय निकै मन परिरहेको छ । दर्शकले सामाजिक सञ्जालमा फिल्मको विषयमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

फिल्म रिलिज पहिले एक दृश्य समेत लिक भएको थियो । उक्त दृश्यले सामाजिक सञ्जालदेखि मिडियासम्म तहल्का पिटेको बताइन्छ । 

फिल्मको पहिलो भाग हेरेर एक युजर्सले लेखेका छन् ‘विजयको पफमेन्ट उच्च विन्दुमा पुगेको छ । लोकेश कनगराजले फेरि एकपटक ब्लकबस्टर फिल्म दिएका छन् ।’

अर्का एक युजरले लेखेका छन्, ‘यो थलापति विजयको एकदमै राम्रो फिल्म हो । फिल्म मिस गर्ने हिम्मत नगर्नुस् । सबै दृश्य धमाकेदार र कमाल छ ।’

फिल्ममा विजयको अलावा संजय दत्त, तृषा कृष्णन, गौतम वासुदेव मनन र कमल हासनको समेत अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप