आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यपूर्वको स्थायित्वका लागि इजिप्टसँग काम गर्ने सिको भनाइ

बिहीबार, ०२ कात्तिक २०८०, १२ : २५
बिहीबार, ०२ कात्तिक २०८०

बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीबार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन् । 

“चीन इजिप्टसँग सहयोग बढाउन तथा मध्यपूर्व र विश्वमा अधिक निश्चितता र स्थायित्व ल्याउन इच्छुक छ” बेइजिङमा राष्ट्रपति सिले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा भने । 

“चीन र इजिप्ट असल मित्र हुन् जसको लक्ष समान छ र एकआपसमा विश्वास गर्छन् । विकास र साझा समृद्धिका लागि हातमा हात मिलाएर काम गर्ने असल साझेदार हुन्” सिको भनाइ उद्धृत गर्दै सिसीटिभीले भनेको छ, “वर्तमानमा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ र विश्वले एक शताब्दीदेखि नदेखिएको तीव्र परिवर्तनको अनुभव गरिरहेको छ ।”

सिले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका साथै विकासशील मुलुकहरूको समान हितको रक्षा गर्न बेइजिङ कायरोसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए । 

इजराइल र हमासबीच यसै महिना युद्ध सुरु भएयता इजिप्टले गाजापट्टीसँगको आफ्नो सीमालाई प्राय बन्द गरेको छ । गाजामा मानवीय स्थिति लगातार दयनीय बन्दै गएको छ । तर कायरोले बिहीबार रफाह क्रसिङमार्फत मानवीय सहायताका लागि ‘दिगो’ मार्ग दिने बताएको छ ।  

आगामी वर्षदेखि इजिप्ट उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको औपचारिक सदस्य बन्ने भएसँगै हालैका महिनामा चीन र इजिप्टबीचको सम्बन्ध मजबुत हुँदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप