बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट विश्वकप २०२३

कोहलीको कीर्तिमानमा भारतको लगातार चौथो जीत

मङ्गलबार, ०७ कात्तिक २०८०, २२ : ३२
मङ्गलबार, ०७ कात्तिक २०८०

पुणे । भारतले विश्वकप २०२३ मा लगातार चौथो जीत हात पारेको छ । भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ ।  टोलीका तर्फबाट विराट कोहलीले सर्वाधिक १ सय ३ रन बनाउँदै आफ्नो ४८ औँ शतक पूरा गरे । उनले सबैभन्दा छिटो २६ हजार अन्तर्राष्ट्रिय रन पनि पूरा गरेका छन् ।

उनले ५६७ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । कोहलीअघि सचिन तेन्दुलकरले ६०० इनिङ्समा यति धेरै रन बनाएका थिए ।  पुणेको एमसीए मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो ।

२५७ रनको लक्ष्य भारतीय ब्याट्सम्यानले ४१।३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।  कोहलीका अलावा शुभमन गिलले ५३ रन सहित १० औँ अर्धशतक बनाए भने कप्तान रोहित शर्माले ४८ रनको योगदान दिए । बंगलादेशलाई ७ विकेटले हराए पनि भारत अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

उता बंगलादेश सातौँ नम्बरमा छ ।  भारतीय टोलीको ४ खेलपछि ८ अंक छ भने बंगलादेशले २ अङ्क मात्र जोड्न सकेको छ । नेट रन रेट भारतभन्दा राम्रो भएकाले न्युजिल्यान्ड समान ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यसअघि बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । ओपनर तान्जिद हसन तमिम र लिटन दासबीच ९३ रनको साझेदारी गरे । 

तान्जिदले विश्वकपमा आफ्नो पहिलो अर्धशतक बनाएका थिए । उनी ५१ रन बनाएर आउट भए । लिटन दासले आफ्नो १२ औँ ओडीआई अर्धशतक प्रहार गरे, उनी ६६ रन बनाएर आउट भए। शान्तो (८ रन), मिराज (३ रन) र तौहीद हृदयोय (१६) सुरुमै आउट भए । मुस्फिकुर रहिम (३८ रन) र महमुदुल्लाह (४६ रन) बीच ४२ रनको साझेदारी गरे। त्यसपछि महमुदुल्लाहले नसुम अहमदसँग ३२ रनको साझेदारी गरे।

खेलका क्रममा हार्दिक पाण्ड्या घाइते भएका थिए । उनको स्थानमा विराट कोहली बलिङ गर्न आएका थिए ।  उनले ३ बलमा २ रन दिए । कोहलीले ६ वर्षपछि ओडीआईमा बलिङ गरेका हुन् । उनले अन्तिम पटक सन् २०१७ मा श्रीलंकाविरुद्धको एकदिवसीयमा बलिङ गरेका थिए । चोटपछि उनले बलिङ र फिल्डिङ गरेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप