आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो सातामा ‘परदेशी २’

बुधबार, ०८ कात्तिक २०८०, १२ : २२
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता राम्रो व्यवसाय गरेको फिल्मले दोस्रो साता पनि राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ । 

निर्माता राजेश बंशलका अनुसार फिल्मले पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । फिल्मले अहिले पनि राम्रो व्यवसाय गरिरहेको उनले जानकारी दिए ।

प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । राजेश बंशल र निर्देशक रायमाझीको निर्माण रहेको फिल्म उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको हो ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्म रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप