मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोग दलको जीहजुरिया भयो : प्रभु साह

बुधबार, ०८ कात्तिक २०८०, २० : १४
बुधबार, ०८ कात्तिक २०८०

रौतहट। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको जीहजुरिया बनेको कारण देशको अवस्था कमजोर भएको टिप्पणी गरेका छन्। बडा दसैँ तिहारको अवसरमा शुक्रवार गृह जिल्ला रौतहटको गुजरा नगरपालिका स्थित आम जनता पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनता माझ निर्वाचन आयोगले आफ्नो विश्वास कायम राख्न नसक्दा देशमा लोकतन्त्र नै कमजोर भइरहेको जिकिर गरेका हुन्। 

राष्ट्रको संवैधानिक आयोगको रूपमा रहेको निर्वाचन आयोग स्वतन्त्र तथा निष्पक्ष नहुनुमा भागबन्डाको आधारमा दलका कार्यकर्ता आयुक्तको जिम्मेवारी सहित नियुक्त हुँदा नीति नियम भन्दा नेताको आदेशमा चल्ने गरेको नेता साहले दाबी गरे । ‘गणतन्त्र,लोकतन्त्रमा निष्पक्ष निर्वाचनको लागि निष्पक्ष  संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोग स्थापित छ । तर निर्वाचन आयोगको आयुक्तहरू दलीय भागबन्डाको आधारमा भर्ना हुने भएकाले  निर्वाचन आयोग दलको जीहजुरिया बनेको छ । निष्पक्ष ढङ्गले काम गर्नुको सट्टा आयुक्तहरू मालिकको आदेशमा काम गरेकोले लोकतन्त्र कमजोर भइरहेको छ,’ साहले भने ।

उनले थपे, ‘घरमुली नै बेइमान भएपछि अन्य सदस्यको हालत के होला, अहिले प्रायः सबै दलका ठुला नेताहरूको व्युरोक्रेट्स प्रमुखको ,न्यायालय प्रमुखहरूको  छोराछोरी देशमा छैनन्। अध्ययनको बहानामा उनीहरूको छोराछोरी विदेशमा छन् । यहाँ बाट कमाएको कालो धनको लगानीमा ती ठुला भनाउँदाहरूले अमेरिका, अस्ट्रेलिया, क्यानडा, लगायत विभिन्न युरोपियन मुलुकमा महल किनेका छन्, र बेलाबेलामा ती ठालुहरू त्यहीँ बस्ने गरेका छन्। यसरी देशको अरबौँ रुपैयाँ पछाडिको ढोकाबाट बाहिर पठाएकै कारण देशमा आर्थिक तरलताको अवस्था आएको हो।’

देशको ठुला बैंकको रकम मुठीभर मानिसले लिएको छ, खेती किसानी लागि किसान लाई हजारमा ऋण छैन, राष्ट्रको पैसा माथि सबै जनताको अधिकार छ कि छैन भन्दै उनले प्रश्न गरेका थिए। देशको राजनीतिक अवस्था, आर्थिक अवस्था परिवर्तनको लागि साथ दिन आग्रह जनसमुदाय लाई आग्रह गरेका थिए।

‘मधेस प्रदेश सरकारलाई एक वर्षमा ४५ अरब रुपैयाँ आउँछ, हिसाब गरेमा प्रदेशको एउटा नगरको भागमा ३३ करोड पर्छ,६ वर्षमा के काम भयो खोइ पैसा, हिसाब कसले लिने ?,’ उनले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप