आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायल घटना

चार नेपालीको शव इजरायलले दूतावासलाई बुझायो, शव आइतबार काठमाडौँ आइपुग्ने

बुधबार, ०८ कात्तिक २०८०, २० : १६
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।  

इजरायली पक्षले शव हस्तान्तरण गरेपछि  नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।  चार जना विद्यार्थीको शव शनिवार दिउँसोको १ः२५ बजे प्लाई दुबईको उडानबाट नेपाल पठाउने राजदूत रिजालले बताइन् । जुन शव नेपाली समयअनुसार आइतवार काठमाडौँ पुग्ने छ । 

ईजरायलबाट फ्लाई दुबईको उडानमार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाई दुबईकै अर्को उडानमार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ । साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ । 

गत अक्टोबर ७ मा  हमासकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्युु भएकाे थियाे। उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएकामा एक जना नेपाल फर्किसकेका छन्। तीन जना भने हाल इजरायलमै छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप