आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय पूर्व कप्तान अजहरुद्दीनविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता

बुधबार, ०८ कात्तिक २०८०, २२ : ३८
बुधबार, ०८ कात्तिक २०८०

हैदराबाद । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद अजहरुद्दीनसहित तीन जनाविरुद्ध हैदराबाद क्रिकेट संघमा ३.८५ करोड भारतीय रुपैयाँको दुरुपयोग गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। त्यतिबेला अजहरुद्दिन संघका अध्यक्ष थिए। 

एफआईआरमा पूर्व सचिव आर विजय आनंदत र पूर्व कोषाध्यक्ष सुरेन्द्र अग्रवालको नाम पनि समावेश छ। उक्त रकम उप्पलस्थित आरजीआईसी स्टेडियमका लागि क्रिकेट बल, फायर सेफ्टी इक्विपमेन्ट, जिमका उपकरण र कुर्सी खरिद गर्न प्रयोग भएको आरोप छ । एफआईआरमा ती कम्पनीहरूको नाम पनि समावेश छ जसबाट खरिद गरिएको थियो। 

 प्रहरीका अनुसार सबै अभियुक्तहरु विरुद्ध धारा ४०६, ४०९, ४२०, ४६५, ४६७, ४७१ र १२०बी अन्तर्गत ठगी, किर्ते र आपराधिक षड्यन्त्र गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । बुधवार, पूर्व पदाधिकारीहरू विरुद्ध संघका   सीईओ सुनील कान्ते बोसले पुलिसमा उजुरी दर्ता गराएका थिए। संघका पूर्व पदाधिकारीहरुले २०२० देखि २०२३ सम्म रकम दुरुपयोग गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप