सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्रिज चलाउँदा काठमाडौँमा महिलाको करेन्ट लागेर मृत्यु

शुक्रबार, १० कात्तिक २०८०, १७ : ०३
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । काठमाडौँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । 

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप