आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित ६ जना पक्राउ

शुक्रबार, १० कात्तिक २०८०, १७ : १२
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचौक बस्ने ३२ वर्षीय भरत श्रेष्ठ, २४ वर्षीय युजन थापा र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय डेजिहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ  ४ सय ४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले भरतको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यता बर्दियाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके राप्ति सोनारी गाउँपालिकास्थित चिलोरीया गाउँ बस्ने २१ वर्षीय टेक बहादुर घर्ती र कोहलपुर नगरपालिका-१२ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा गस्तीमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै कैलाली, जोशीपुर गाउँपालिका-६ सिमरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका-६ कोटा तुल्सीपुर बस्ने २० वर्षीय सुनील चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप