आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला बिग ब्यास लिगमा भाँचिएको ब्याटले छक्का प्रहार

शनिबार, ११ कात्तिक २०८०, ०६ : ३४
शनिबार, ११ कात्तिक २०८०

ब्रिस्बेन । महिला बिग ब्यास लिगमा अस्ट्रेलियाकी ग्रेस ह्यारिसले भाँचिएको ब्याटमा छक्का प्रहार गरेकी छन् । अलराउन्डर ह्यारिस लिगमा ब्रिस्बेन हीटबाट खेल्छन्। 

खेलको पहिलो इनिङ्सको १४ औँ ओभरमा ह्यारिसले लङ अनमा छक्का प्रहार गरेकी थिइन् । उनको ब्याट दुई टुक्रा भयो, तर बल बाउन्ड्री बाहिर गयो। आइतबार लिगमा पर्थ स्कोर्चर्स र ब्रिस्बेन हीट बिच खेल भएको थियो । जुन ब्रिस्बेनले ५० रनले जितेको थियो । 

harris_1697980139

मलाई थाहा थियो ब्याट भाँचिएको थियो 

ह्यारिस खेलपछि ह्यारिसले भनिन्, ‘मलाई थाहा थियो ब्याट भाँचिएको थियो तर त्यतिन्जेल ढिलो भइसकेको थियो । मैले बलरको रन अपको बेला ब्याट भाँचिएको सुनेँ। मलाई लाग्यो, ब्याट पूरै भाँचिएको छैन। त्यसैले मैले शट खेलेँ र अन्त्यमा ब्याट भाँचियो तर बल पनि ६ रनमा गयो ।’

ह्यारिसले आफ्नो टुटेको ब्याटको नाम बर्गरको नाममा राख्ने बताएकी छन् । यस ब्याटको नाम या त म्याकस्पाइसी वा म्याकक्रिस्पी हुनेछ । ह्यारिसले भनिन्, ‘तर म यो ब्याट मसँग पक्कै राख्दैछु। म यो ब्याटमा ह्यान्डल लगाउनेछु र यो फेरि ठिक हुनेछ।’

harris2-1_1697980487

ह्यारिसले ५९ बलमा नटआउट १३६ रन बनाएर लिगको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान पनि बनाइन्। यसअघि एश्ले गार्डनर र स्मृति मन्धानाले १ सय १४ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप