आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

हमिदको विस्फोटक ब्याटिङ, यूएईद्वारा नेपालसामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत

शनिबार, ११ कात्तिक २०८०, १२ : २९
शनिबार, ११ कात्तिक २०८०

त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु जीतका लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।

यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए । 

त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले २–२ विकेट लिए भने करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप