आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

मात्र ५ रनमा नेपालले दोस्रो विकेट गुमायो

शनिबार, ११ कात्तिक २०८०, १३ : ०३
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी मात्र २ रन बनाएर आउट भएका हुन् ।

यसअघि कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए । नेपालले २ विकेटको क्षतिमा ५ रन बनाएको छ ।

त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु जीतका लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप