आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोहित शर्माले विश्वकपमा बनाए नयाँ कीर्तिमान, यो रेकर्ड बनाउने पहिलो भारतीय

शनिबार, ११ कात्तिक २०८०, १५ : ०९
शनिबार, ११ कात्तिक २०८०

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले जारी एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । भारतले आइतबार धर्मशालामा न्युजिल्याण्डविरुद्धको खेलमा रोहित शर्माले कीर्तिमान बनाएका छन् ।

रोहित एक क्यालेन्डर वर्षमा ५० ओडीआई छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म जम्मा तीन खेलाडीले यो गर्न सकेका छन् ।

रोहितभन्दा अगाडि दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले मात्र एक क्यालेन्डर वर्षमा ५० वा सोभन्दा बढी छक्का प्रहार गरेका छन् ।

रोहितले आइतबार दोस्रो ओभरमा न्यूजिल्याण्डका फास्ट बलर म्याट हेनरीलाई छक्का प्रहार गर्दै यो उपलब्धि हासिल गरेका हुन् । योसँगै रोहित शर्माको टोलीले धर्मशालामा भएको विश्वकप २०२३ को खेलमा न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको थियो । भारतले २० वर्षपछि आईसीसी प्रतियोगितामा न्युजिल्यान्डलाई पराजित गरेको छ । 

यस प्रतियोगितामा भारतीय टोलीको यो लगातार पाँचौं जित थियो। योसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप