आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व क्रिकेटर बिशन सिंह बेदीको ७७ वर्षको उमेरमा निधन

शनिबार, ११ कात्तिक २०८०, १७ : २३
शनिबार, ११ कात्तिक २०८०

नयाँ दिल्ली । भारतीय पूर्व क्रिकेटर बिशन सिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । उनी बायाँ हाते स्पिन बलर थिए ।

बेदीले सन् १९६६ देखि १९७९ सम्म टेस्ट क्रिकेट खेलेका थिए । उनले भारतीय क्रिकेट टिमको कप्तानी समेत गरेका थिए । आफ्नो टेस्ट क्रिकेट करियरमा बेदीले ६७ खेलमा २६६ विकेट लिएका थिए। उनको जन्म २५ सेप्टेम्बर १९४६ मा अमृतसरमा भएको थियो ।

उनको निधनमा शोक व्यक्त गर्दै बीसीसीआई सचिव जय शाहले लेखेका छन्, "बिशन सिंह बेदीको निधनको खबर सुनेर दुख लाग्यो। भारतीय क्रिकेटले आज एक आइकन गुमाएको छ। बेदी सरले क्रिकेटको सम्पूर्ण युगलाई बाटो देखाउनुभएको छ। उहाँले आफ्नो स्पिन बलिङले क्रिकेटमा अमिट छाप छोड्नुभएको छ। यो कठिन समयमा मेरो संवेदना परिवारसँग छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप