आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासबाट विदेशी बन्धकहरूलाई मुक्त गर्न पश्चिमी देशहरू के गर्दैछन्?

शनिबार, ११ कात्तिक २०८०, १७ : ४३
शनिबार, ११ कात्तिक २०८०

इजरायल–हमास द्वन्द्वमा पश्चिमा देशका नेताहरु इजरायलको पक्षमा उभिरहेका छन् भने अर्कोतिर उनीहरुले इजरायललाई जमिनी कारबाही अगाडि नबढउान पनि आग्रह गरिरहेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो जमिनी कारबाही सुरु गर्न हतार नगर्न आग्रह गरेका छन् । मिडिया रिपोर्टका अनुसार यसो गर्नुको कारण हमासको कब्जामा २०० भन्दा बढी बन्धक रहेका छन्।

अमेरिका चाहन्छ कि ग्राउण्ड अपरेशनलाई ढिलाइ गरेर उनीहरूलाई थप समय मिलोस् र उनीहरूलाई वार्तामार्फत रिहा गर्न सकियोस्। यस ढिलाइको एउटा फाइदा यो हुनेछ कि अन्य देशका मानिसहरू गाजा छोड्न सक्षम हुनेछन् र मानवीय सहायता समयमै त्यहाँ पुग्नेछ।

शुक्रबार हमासको हिरासतबाट दुई अमेरिकी नागरिक रिहा भएपछि अपेक्षा निकै बढेको छ । कम्तीमा २० अमेरिकी नागरिक बेपत्ता रहेको बताइएको छ, जो हमासको हिरासतमा हुनसक्छन्। अ

मेरिका बाहेक नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटे इजरायल जाँदैछन् । उनीपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन आउन लागेका छन् । यी सबै नेताहरूले इजरायललाई यस्तै सुझाव दिने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप