मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक : प्रदेश प्रमुख गुरुङ

आइतबार, १२ कात्तिक २०८०, ०७ : ४२
आइतबार, १२ कात्तिक २०८०

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन् । विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्त्व रहेको उल्लेख गरेका हुन् ।

सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको अन्त्यसँगै व्याप्त अनेक असत्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यसैगरी सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित सबैको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप