आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

बिहीबार, १४ मङ्सिर २०८०, १७ : ४४
बिहीबार, १४ मङ्सिर २०८०

काभ्रे । नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने बिनोद हुमागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय रामचन्द्र बिष्ट लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ४ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप