आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक रन बनाउँदै आउट भए कुशल मल्ल

बुधबार, १२ वैशाख २०८१, ११ : ३८
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका हुन् । ६।४ ओभरमा उनी आउट हुँदा नेपालले दुई विकेट गुमाएर ६३ रन बनाएको छ । उनलाई पनि युएईका बलर आयान अफजल खानले बोल्ड गरे ।

यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप