आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशस्तरीय प्रशिक्षण गर्दै जसपा

शुक्रबार, ०७ वैशाख २०८१, १३ : ०२
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ ।

कात्तिक १७ गते हुने सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ रहने बताइएको छ ।

अध्यक्ष यादवले जसपाको सैद्धान्तिक आधार, परिषद्का अध्यक्ष राईले वर्तमान नेपालको राजनीतिक अवस्था साथै आगामी रणनीति र कार्यभार तथा नेता श्रेष्ठले विधान अधिवेशनका निष्कर्षहरु, पार्टी निर्माणको दिशा, सांगठनिक संरचना र सदस्यहरुको भूमिका र उत्तरदायित्व विषयमा प्रशिक्षण दिने बताइएको छ ।  

प्रशिक्षणमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, नेवा र ताम्सालिङ राष्ट्रिय  समितिका सदस्यहरु पुनर्गठित जिल्ला समितिका पदाधिकारीहरु र पुनर्गठित पालिका समितिका अध्यक्षहरु सहभागी हुने छन् ।

बागमती प्रदेश समिति अन्तरर्गतका पार्टी समिति गठन र पुनर्गठन आगामी कार्तिक १५ गतेभित्र गर्न समयसीमा तोकिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप