आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल मल्लले २५ रनमा आउट गराए यूएईका ओपनर आर्यान्शलाई

शनिबार, १६ मङ्सिर २०८०, १३ : ५५
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । फाइनल खेलमा नेपालले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

यूएईले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई गुमाएको हो । उनी २६ बलमा दुई चौकाको मद्दतले २५ रन बनाउँदै आउट भए । उनलाई कुशल मल्लले सन्दिप जोराद्वारा क्याच गराएका हुन् । शर्मा आउट हुँदा यूएईले ९।३ ओभरमा ८५ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप