आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट खेल

टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा ?

आइतबार, १७ मङ्सिर २०८०, ०९ : ०१
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । आगामी कात्तिक १३ गतेदेखि सुरु हुने आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी-२० सिरिज नखेले पनि विश्वकप छनोट खेल भने खेल्ने भएका छन्।  एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ।

८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ। समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।  

circket

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप