आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

मुगु हत्याकाण्ड : कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा

आइतबार, १७ मङ्सिर २०८०, ११ : १२
आइतबार, १७ मङ्सिर २०८०

सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । 

मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पु्गिसकेको हो । अहिले अनुसन्धान भइरहेको मुगुका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले रातोपाटीलाई जानकारी दिए । 

२८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ । 

घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ  । प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप