आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कांग्रेस चियापान : प्रधानमन्त्री प्रचण्ड लगायतका शीर्ष नेता सानेपामा (तस्बिरहरु)

शनिबार, ०८ वैशाख २०८१, १५ : २९
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी नेताहरु सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेताहरु जनार्दन शर्मा, अग्नि सापकोटा,  लगायतका नेताहरु सहभागी भएका हुन् ।

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।  

कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । एकीकृत समाजवादीका नेता घनश्याम भुसाल लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, रास्वपाका सभापति रवि लामिछाने, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतका नेताहरु पनि कार्यक्रममा सहभागी भएका छन् । 

कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा  चियापान कार्यक्रमको आयोजना गरेको हो । 

तस्बिरहरु :

rabirabi1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप