आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस चियापानको मेन्यु : केरा, समोसा, निम्की र बर्फी

शनिबार, ०८ वैशाख २०८१, १५ : ३५
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसले कोजाग्रत पुर्णिामाका अवसरमा चियापान कार्यक्रम गरेको छ । पार्टी मुख्यालय सानेपामा गरिएको चियापान कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका कांग्रेस नेता, कार्यकर्ता उपस्थित छन् भने विभिन्न दलका नेताहरू पनि चियापान कार्यक्रममा सहभागी छन् । 

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी भएका छन् ।  कांग्रेसले गरेको चियापान कार्यक्रममा दुई थरी मेन्यु राखिएको छ । 

c1

पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समोसा, केरा, निम्की, बर्फीको प्याकेटको व्यवस्था गरिएको छ । साथै सेतो, कालो चिया र कफीको व्यवस्था गरिएको छ ।  

अनुपम फुडल्याण्डले ५ हजार जनाका लागि यो मेन्युको प्याकेट बनाएको छ ।  यस्तै अतिथि तथा भीआईपीका लागि बारा, स्विटकर्न, चिकेन, चिज स्यान्डविच, अचार, चिया, कफीको व्यवस्था गरिएको अनुपम फुडल्याण्डका शेफ सन्तोष मरासिनीले जानकारी दिएका छन् । 

2

झन्डै ४ सय जना भीआईपीका लागि यो मेन्यु तयार गरिएको छ । पार्टी कार्यालय सानेपामै हिजोदेखि तयार पारिएको यो भेन्यु व्यवस्थापनका लागि अनुपम फुडल्याण्डका ६० जना कर्मचारी खटिएको मरासिनीले जानकारी दिए ।

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप