आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन खेलाडीले रातो कार्ड पाउँदा केनको ह्याट्रिक, बायर्नको गोल वर्षा

सोमबार, १८ मङ्सिर २०८०, ०९ : २०
सोमबार, १८ मङ्सिर २०८०

एलायान्ज एरिना । इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफ्नै हाफबाट उत्कृष्ट गोल गर्नुका साथै ह्याट्रिक गर्दा बायर्न म्युनिखले डार्मस्टाटलाई ८–० को विशाल अन्तरले हराएको छ ।

तीन खेलाडीले रातो कार्ड पाएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बायर्नले गोल वर्षा गरेको थियो । पहिलो हाफमा बायर्नका जोसुवा किमिच तथा डार्मस्टाटका क्लाउस जासुला तथा माटेज मागलिकाले रातो कार्ड पाएका थिए ।

दोस्रो हाफमा केनले आफ्नो ह्याट्रिक पुरा गरे भने लिरोय साने तथा जमाल मुसियालाले २–२ गोल तथा थोमस मुलरले एक गोल गरे । केनले बुन्डेस लिगाको सुरुवाती ९ खेलमा १२ गोल गरेका छन् । यसअघि कुनै पनि खेलाडीले ९ खेलमा यति धेरै गोल गर्न सकेका थिएनन् ।

खेलमा गोलकिपर म्यानुअल नुयरले पनि कम्ब्याक गरेका थिए । सन् २०२२ को डिसेम्बरमा स्की गर्दा उनको खुट्टा भाँचिएपछि उनी मैदान बाहिर रहेका थिए । जीतसँगै बायर्न ९ खेलबाट २३ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, आइतबार बायर लेभरक्युजनले फ्रिबर्गलाई हराए उसले बायर्नलाई उछिन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप