आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मुगु हत्याकाण्ड

मुगु हत्याकाण्ड : डीआईजी भीम ढकाल नै घटनास्थलमा

सोमबार, १८ मङ्सिर २०८०, १६ : ०६
सोमबार, १८ मङ्सिर २०८०

सुर्खेत । तीन सन्तानसहित आमाको सामूहिक हत्या भएको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले घटनाको नजिक पुगेको बताइरहेको छ । शनिबार बिहानदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको हो । 

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

उक्त विषयको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीम प्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् । उनी आइतबार बिहान मुगु पुगेका हुन् । 

घटनाको बारेमा जिल्लाको प्रहरीसँग विशेष छलफल गर्न आफू मुगु पुगेको उनले बताए । साथै उनले अनुसन्धानमा सघाउने र अहिले अनुसन्धान टोलीको प्रगति बुझ्ने काम भइरहेको बताए । बुधबार साँझ नै उक्त घटना घटेको भनिएपनि प्रहरीले शुक्रबार बिहान मात्रै थाह पाएको थियो । 

मृतक श्रीदेवीका श्रीमान् दीपक कतारबाट घर पुगेसँगै शनिबार शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको थियो ।  अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट चार जनाकै हत्या गरिएको प्रहरीले दाबी गरेको छ । धारिलो हतियार प्रयोग गरिएको र घटनास्थल पुरै रगताम्य भएकाले हत्या गरिएको दाबी प्रहरीको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप