टी-२० विश्वकप छनोट
२७ रन बनाउँदै आउट भए आसिफ
मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : ३६
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार सिंगापुरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनले टोलीका लागि २७ रनको योगदान गरे ।
उनले केवल २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा नेपाललाई जितका ६६ बल ६२ रन आवश्यक छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।