आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : २८
मङ्गलबार, १९ मङ्सिर २०८०

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-७ बखरी चोकबाट स्रोत नखुलेको नगद १३ लाख २० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप