फोटोफिचर
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी (तस्बिरहरु)
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ५४
कास्की । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेसलाई पोखरामा विमानस्थलमा भव्य स्वागत गरिने भएको छ । सोमबार दिउँसो महासचिव गुटरेस काठमाडौबाट पोखरा विमानस्थलमा ओर्लने भएपछि स्वागतका लागि विमानस्थलमा पोखरेलीहरु जम्मा भएका छन् ।
महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डासहित र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएर स्वागतको प्रतिक्षामा छन् । महासचिव गुटरेस सोमबार दिउँसो पोखरा विमानस्थलमा ओर्लदैछन् । तस्बिर : प्रकाश ढकाल/रातोपाटी