आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महासचिव गुटेरेसको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्छः पर्यटन व्यवसायी

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ५६
मङ्गलबार, १९ मङ्सिर २०८०

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चार दिने औपचारिक भ्रमणले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

महासचिव गुटेरेसको औपचारिक नेपाल भ्रमणका क्रममा नेपालका ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्र लगायत सगरमाथा क्षेत्रको अवलोकन,पोखरा र लुम्बिनीको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् । 

व्यवसायीहरूले भ्रमणको लागि संयुक्त राष्ट्र संघको महासचिव गुटेरेसको प्राथमिकतामा नेपाल पर्नु खुसीको कुरा भएको बताए । उनीहरूले कोभिड महामारी र शिथिल अर्थतन्त्र भएको अवस्थामा महासचिवको नेपाल भ्रमणले नेपाल भ्रमणको लागि सुरक्षित गन्तव्य रहेको सन्देश दिने बताए ।

 पर्यटन व्यवसायीहरूले विश्वका मिडिया समेत महासचिव गुटेरेसको नेपाल भ्रमणमा केन्द्रित भएकाले नेपाल प्रचारप्रसार राम्रो भएको भन्दै नेपाल सरकार र व्यवसायीहरूले क्यास गर्नसक्ने गरी आगामी नीति तथा योजना बनाउन आवश्यक रहेको बताए । होटल संघ नेपालका अध्यक्ष विनायक साहले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चारदिने औपचारिक भ्रमणले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताए । 

उनले विश्वका मिडियाले महासचिव गुटेरेसको नेपाल भ्रमण गतिविधिमा केन्द्रित रहेकाले प्रचारप्रसार राम्रो भएको बताए । उनले महासचिव गुटेरेसले सगरमाथा क्षेत्रको अवलोकन,पोखरा, लुम्बिनी, पाटन दरबार सम्पदाको भ्रमणले विश्वमा ठुलो सन्देश गएको उल्लेख गरे । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष नवराज दाहालले पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्य नेपाल संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणले नेपालको पर्यटन क्षेत्रको थप प्रचारप्रसारमा सहयोग पुगेको बताए । उनले संयुक्त राष्ट्र संघका महासचिवले नेपाल भ्रमणका क्रममा पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्नु पर्यटक प्रवर्द्धन सकारात्मक प्रभाव पार्ने बताए । 

उनले महासचिवको भ्रमणले आगामी दिनमा पर्यटनमा वृद्धि हुने अपेक्षा रहेको बताए । उनले महासचिव सगरमाथा र अन्नपूर्ण बेस क्याम्प,पोखरा र लुम्बिनी जस्ता पर्यटकीय क्षेत्र जाने कुराले नेपाल भ्रमण गर्न पूर्ण रूपमा सुरक्षित छ भन्ने सन्देश विश्वमा जाने बताए । 

उनले महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सरकार र व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन सक्नुपर्ने आवश्यकता रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप