सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वसिम अक्रमले किन दिए बुमराहको जुत्ता चोर्ने सुझाव ?

मङ्गलबार, १९ मङ्सिर २०८०, १४ : ३१
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । विश्वकपमा इंग्ल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै भारत ५० ओभरमा २ सय २९ रनमा सीमित भएपछि धेरैले यो खेल भारतले गुमाउने अनुमान गरेका थिए । तर, भारतले प्रस्तुत गरेको लक्ष्य पछ्याउन उत्रेको इंग्ल्याण्डको टोलीका ब्याट्सम्यानलाई जसरी भारतीय बलरहरूले आउट गरे, त्यसको चौतर्फी चर्चा भइरहेको छ । 

भारतीय बलरसामु इंग्ल्याण्डका ब्याट्सम्यान निरीह बने । भारतले खेल १ सय रनले आफ्नो पक्षमा पार्न सफल भयो । यसक्रममा मोहम्मद शामीले चार, जसप्रीत बुमराहले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । भारतीय बलरहरूको चर्चा पाकिस्तानमा समेत भइरहेको छ । पाकिस्तानका पूर्वक्रिकेटर वसिम अक्रम र मिस्बाह उल हकले एक टक शो ‘द पभेलियन’ मा बुमराहको बलिङबारे चर्चा गरे । बुमराहले इंग्ल्याण्डविरुद्ध ६.५ ओभरमा मात्र ३२ रन दिएर ३ विकेट लिएका थिए ।

वसिमले भने, ‘बुमराहले सबैलाई गुमराह गरे । यतिबेला बुमराह विश्वकै सर्वोत्कृष्ट बलर हुन् । उनले जुन तरिकाले प्रदर्शन गरिरहेका छन्, जुन गतिले बल फालिरहेका छन्, उनी पक्का बलर बनेका छन् ।’ त्यहीँ मिसबाह भन्छन्, ‘बुमराहको स्वीङ, लेन्थ र लाइन यस्तो स्थानमा हुन्छ कि ब्याट्सम्यानले कुनै मौका नै पाउँदैन ।’ यसमा वसिम थप्छन्, ‘पहिलो ओभरमा दुई बल भित्रतर्फ आउने त्यसपछि फेरि बाहिरतर्फ जाने । बुमराह पूर्ण बलर हुन् ।’

बुमराहको तारिफ सुनेर कार्यक्रमका प्रस्तोता फखर ए आलम प्रश्न छन्, ‘के बुमराह सबै कुरामा राम्रो छन् ?’ यसको जवाफमा वसिम भन्छन्, ‘अब बुमरामलाई रोक्ने एउटा मात्र उपाय छ । यदि तपाईं उनलाई दबाबमा राख्न चाहनुहुन्छ भने उनको जुत्ता चोर्नुहोस्, अन्य कुनै तरिका नै छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप