आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टर्किस एयरलाइन्सद्वारा श्रीलङ्कामा सिधा उडान सुरु

सोमबार, १० वैशाख २०८१, १९ : ३५
सोमबार, १० वैशाख २०८१

कोलम्बो । टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलङ्का र इस्तानबुलबीच सिधा उडान सुरु गरेको छ ।

विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्का लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलङ्का यडान सेवा सञ्चालनमा ल्याएको हो ।

टर्कीको विमान श्रीलङ्का आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए । 

सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलङ्का आइपुग्ने उनले बताए । उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए । 

श्रीलङ्काका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । 

श्रीलङ्काको पर्यटन क्षेत्र यहाँको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हो । सरकारले सन् २०२३ मा यस पहिलेको लक्ष्यभन्दा करिब पाँच लाख बढी अर्थात् २० लाख विदेशी पाहुना आकर्षित गर्ने लक्ष्य राखेको छ ।-(रासस/एएफपी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप