१८-३४ वर्षका अस्ट्रेलियन युवाहरु जुवातासको जोखिममा
सोमबार, १७ वैशाख २०८१, ०९ : ५७
काठमाडौँ । १८—३४ वर्षका अस्ट्रेलियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।
संघीय सरकारको एजेन्सीमा रहेको अस्टे«लियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो । १८—३४ वर्षका अस्ट्रेलियन युवाहरु सबै प्रकारका जुवाहरुमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो ।
यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।
सिन्ह्वाको सहयोगमा