आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माघ २६ दयाहाङ र दीयाको ‘दयारानी’

सोमबार, १७ वैशाख २०८१, ११ : ४९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन देखिएका छन् । फिल्ममा पनि दयाहाङ र दीयाकै मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन अभिनेता माओत्से गुरुङले गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो । 

फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय छ ।

बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान् र दयालु श्रीमती बीचको कथा भन्छ । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको फिल्म मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको हो । 

फिल्मको कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप